Friday, April 26
Shadow

Tag: kamal thapa

कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं

कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको धारणाा राखेका हुन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका उनले केपी ओली कदमविरुद्ध राजनीतिक दलहरुले गरिरहेका छलफल र बनाइरहेका गठबन्धनलाई घोडा व्यापारको संज्ञा दिए । थापाले भने, ‘संसद विघटनको वैधानिकताको परीक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।...