Thursday, March 28
Shadow

किन घर फर्केनन् त रोनाल्डो ?


  • -इ
  • इ+

कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका लागि रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका थिए । विश्वकपको यात्रा समाप्तिसँगै १४ खेलाडी आइतबार लिस्बन फर्केको पोर्चुगल फुटबल संघले जनाएको छ । रोनाल्डोलगायत अन्य १० खेलाडी तत्कालै पोर्चुगल नफर्कने संघले जनाएको छ ।

तत्कालै घर नफर्केका अन्य १० खेलाडी विभिन्न क्लबमा आबद्ध छन् । तर, रोनाल्डोको हकमा फरक छ । उनी अहिले बेरोजगार छन् । गत महिना रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीचको सम्झौता भंग भएको थियो । सम्झौता तोडिएपछि रोनाल्डो स्वतन्त्र छन् । क्लबस्तरीय ड्युटी गर्नुनपर्ने भएकाले रोनाल्डोले केही दिन दोहामै बिताउने एजेन्सीहरूले जनाएका छन् । विश्वकपको समाप्तिसँगै पोर्चुगल नफर्केका अरू १० खेलाडी आ–आफ्नो क्लबमा आबद्ध हुनेछन् ।

क्लबविहीन खेलाडी
अहिले बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेस, डिओगो डालोट, रुवेन नाभेस, रई प्याट्रिसिओ, राफेल गुएरेरियो, राफेल लिआ, जाओ क्यान्सेलो तथा माहेल्स नुनेस कतारमै छन् । रोनाल्डोले आगामी योजना बनाएका छैनन् । केही अरबी क्लबले रोनाल्डोलाई आबद्ध गर्ने समाचार नआएको होइन । तर, रोनाल्डो अरबी मुलुकभन्दा पनि युरोपकै राम्रो क्लबबाट खेल्न चाहन्छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares