Wednesday, April 24
Shadow

Tag: किन घर फर्केनन् त रोनाल्डो

किन घर फर्केनन् त  रोनाल्डो ?

किन घर फर्केनन् त रोनाल्डो ?

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका लागि रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका थिए । विश्वकपको यात्रा समाप्तिसँगै १४ खेलाडी आइतबार लिस्बन फर्केको पोर्चुगल फुटबल संघले जनाएको छ । रोनाल्डोलगायत अन्य १० खेलाडी तत्कालै पोर्चुगल नफर्कने संघले जनाएको छ । तत्कालै घर नफर्केका अन्य १० खेलाडी विभिन्न क्लबमा आबद्ध छन् । तर, रोनाल्डोको हकमा फरक छ । उनी अहिले बेरोजगार छन् । गत महिना रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीचको सम्झौता भंग भएको थियो । सम्झौता तोडिएपछि रोनाल्डो स्वतन्त्र छन् । क्लबस्तरीय ड्युटी गर्नुनपर्ने भएकाले रोनाल्डोले केही दिन दोहामै बिताउने एजेन्सीहरूले जनाएका छन् । व...