Thursday, March 28
Shadow

Tag: रोनाल्डो

किन घर फर्केनन् त  रोनाल्डो ?

किन घर फर्केनन् त रोनाल्डो ?

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका लागि रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका थिए । विश्वकपको यात्रा समाप्तिसँगै १४ खेलाडी आइतबार लिस्बन फर्केको पोर्चुगल फुटबल संघले जनाएको छ । रोनाल्डोलगायत अन्य १० खेलाडी तत्कालै पोर्चुगल नफर्कने संघले जनाएको छ । तत्कालै घर नफर्केका अन्य १० खेलाडी विभिन्न क्लबमा आबद्ध छन् । तर, रोनाल्डोको हकमा फरक छ । उनी अहिले बेरोजगार छन् । गत महिना रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीचको सम्झौता भंग भएको थियो । सम्झौता तोडिएपछि रोनाल्डो स्वतन्त्र छन् । क्लबस्तरीय ड्युटी गर्नुनपर्ने भएकाले रोनाल्डोले केही दिन दोहामै बिताउने एजेन्सीहरूले जनाएका छन् । व...
रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

खेलकुद
काठमाडौँ , पुस २० । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडीनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसमाथि ४-१ को फराकिलो जित हात पारेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । त्यस्तै उडीनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडी रहेको छ । त्यस्तै उडीनेसको भने १४ खेलमा १५ अंक रहेको छ र लिगको १३औ स्थानमा रहेको छ ।...