Wednesday, April 24
Shadow

Tag: कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

कांग्रेस संसदीय दलको अंकगणित : कस्को पक्षमा कति सांसद ?

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चासो बढेको छ । संसदको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्रीका रुपमा हेर्ने गरिन्छ । यति मात्र नभएर संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने व्यक्तिलाई वैकल्पिक नेताका रुपमा समेत हेरिने भएकाले पनि संसदीय दलको निर्वाचनको चर्चा बढेको छ । अहिलेसम्म कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औं महाधिवेशनमा सभापति प्रतिष्पर्धी डा. शेखर कोइराला, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले दावी गरेका छन् । प्रधानमन्त्रीमा दावी गर्ने नेताहरुमध्ये सवैभन्दा बढी सांसद सभापति देउवाको पक्षमा देखिएका छन् । देउवाको पक्षमा ५१ जना सांसद हुने देखिएको छ । यस्तै डा. शेखरको पक्षमा २१, वरिष्ठ नेता पौडेलको पक्षमा आठ जना सांसद देखिए...