Wednesday, April 24
Shadow

Tag: दुःखशास्त्र

दुःखशास्त्र

दुःखशास्त्र

ब्यानर समाचार 2, साहित्य/कला
नसोध गरिबको भगवान् जसले निभाउँछ पेटको आगो उ नै उसलाई पुजनीय हुन्छ नसोध गरिबको रसानुभूति गरिबको रगतमा पनि मिठास छ जसले मौका पाउँछ पिएर प्यास मेटाउँछ नसोध गरिबको प्रणयकथा गरिबको लाजमा पनि नाफा छ पतितले बेचेर महल सजाउँछ नसोध गरिबका पसिनाको मूल्य नवधनाढ्यका हरेक स्वर्ण गाँसमा बेकसुर हरणमा परेको छ भोकले निचोरेको छ जसलाई रोगले चिथोरेको छ जसलाई शोकले पिरोलेको छ जसलाई गरिबी बेचेर सास धान्नु छ जसलाई तिनीहरुको अवस्थाबारे न सोध्दा राम्रो हुन्छ हो न सोध्दा राम्रो हुन्छ घरको चुलो बाल्न चर्को धुपमा जल्नेहरुको कथा दुई चिम्टी माटोको अभावमा आफन्तको शव बाढीमा बगाउनेहरुको व्यथा चुहिएको छानोमा अनिदा रात काट्नेहरुको कथा शुदखोरहरुको चंगुलमा टिलपिलाएका आँशुहरुको व्यथा हरेक दिन जल्ने भोका लाशहरुको कथा-व्यथा प्रिय तिम्रो निगाहबाट न्या...