Friday, March 29
Shadow

होशियार पुर्वक अध्यन गर्नुस कृतिम साहित्य : मोहन लामा रुम्बा


  • -इ
  • इ+
 मैले सानै उमेरमा लैनसिंह वाङ्गदेलको “मुलुक बाहिर” नामक उपन्यास पढें, यो यथार्वादी उपन्यास थियो, यसले मलाई दोस्रो विश्वयुद्धपछिको पुर्वेली ग्रामीण नेपाली समाजमा परेको प्रभाव बारेमा चित्रण गरेर लेखिएको उपन्यास थियो, यसले मलाई सकारात्मक प्रभाव नै छोडेको थियो, त्यसपछि राजनीतिक संगतले छोएपछि अठार बिसको उमेरमा रसियन साहित्यकार म्याक्सिम गोर्की १८६८- १८ जुन १९३६ को “आमा” भन्ने उपन्यास पढें, यो उपन्यास रसीयाको बोल्सेभिक क्रान्तिलाई उर्जा भर्न लेखेको थियो।
“आमा” उपन्यास पढेपछि किशोरावस्थाको उमेरमा यस्तो प्रभाव पर्यो की घर परिवार केही होइन क्रान्तिकारीको लागि की मुक्ति की मृत्यु बाहेक केही हुन्न भन्ने जबर्जस्त प्रभाव पर्न गयो।कलिलो उमेरमा त्यो पनि प्रवासमा हुँदा पढेको तातो रगत जोश जाँगर चल्ने बेला यस्तो उपन्यास पढ्दै गएपछि पुँजीवादी दलाल नोकरशाही सामन्ती व्यवस्था विरुद्धमा घरबार परिवार सबै त्यागेर क्रान्ति गर्नुपर्ने रहेछ बिद्रोह गर्नुपर्ने रहेछ भन्ने बाहेक दिमागमा केही आएन, आउने कुरा पनि थिएन, सो सबै त्यागेर होलटाइमर (पुर्णकालिन कार्यकर्ता) भएर नेताको झोला बोकेर दौडें !! झोला बोकेर दौडिदैं थिएँ एकपटक केरला राज्यको राजधानी त्रिवन्तपुरमा एउटा लाइब्रेरी देखें, भित्र पसें,लाइब्रेरी पहिलोपटक देखेको त्यहीँ हो, त्यहाँ प्रेमचन्द (३१ जुलाई सन् १८८०-सन् १९३६) को हिन्दी उपन्यास “गोदान” देखें, किनेर ल्याएर पढें निकै मन पर्यो त्यसपछि बिस्तारै यथार्वादी साहित्य तर्फ आकार्षित हुन सुरु भयो, यसले मलाई उग्र रुष्ट रुक्ख जडता कपोकल्पित संसार बाट सामाजिक यथार्वादी बनाएर लैजान सुरु गर्यो। मैले भुली सकेको घर परिवार सम्झिन थालें, घरमा आमा दुई बहिनी छोडेर ८ वर्ष सम्म सम्पर्क बिच्छेद गरेर बसिरहेको थियो, त्यसपछि धरातलीय जमीनमा हिंड्न तर्फ यस्ता यथार्थवादी साहित्यले उत्प्रेरित गर्न थाल्यो।
मैले यहाँनेर भन्न खोजेको कुरा के हो भने तपाईं पुस्तक पढ्नु त पढ्नु होला तर एउटा पुस्तकले जीवनमा ठूलो प्रभाव पार्न सक्छ, आजको बामपंथी पुरानो पुस्ताका वृद्ध नेताहरू यस्तै साहित्यका उपजहरु हुन्, प्रायः यी नेताहरूको जीवनी हेर्नुस् त्यही अठार बीस वर्षको उमेरमा प्रगति प्रकाशन मास्को, पेकिङ प्रकाशन कै किताब पढेकै भरमा घरबार त्यागेर अन्धाधुन्ध हिंडेकाहरु हुन्। एउटा पुस्तक पढिरहँदा तपाईंको समय बर्बाद त गर्छ नै पैसाको बर्बाद त छँदैछ त्यसमाथि तपाईंको मस्तिष्कमा सिधै असर पुर्याउन पनि सक्छ, त्यसैले तपाईंले जसरी आफ्नो बालबालिकालाई बजारमा के किन्ने के नकिन्ने भनेर छनोट गरेर बालबालिकालाई सामान किनेर दिनुहुन्छ त्यसैगरी तपाईं कुनै पनि विद्याको साहित्य पढ्दै हुनुहुन्छ भने कमसेकम आफू भन्दा जान्ने बुझ्नेको सल्लाह लिएर पढ्नु भयो भने धेरै उत्तम हुनसक्छ। अहिले बजारमा ९०% पुस्तक कृतिम आइरहेको छ, कृतिम अर्थात मन्दविष !! पुस्तक बिक्री होस् नहोस् लेखकलाई फरक पर्दैन किनकि त्यो लेखिए बापत पहिल्यै रोयल्टी बुझी सकेको हुन्छ, जसरी राजनीतिक फाँटमा तपाईं कुनै नेतालाई बिदेशी दलाल देख्नु हुन्छ, त्यस्तै साहित्यका फाँटमा पनि त्योभन्दा दुई गुणा बढी दलालहरु हुन्छन् र ती दलालहरु साहित्यको नाउँमा समाजमा मन्दविष घोलेर छर्किरहेको हुन्छ त्यसैले तपाईं किताब पढ्नुस् तर निकै होशियारपूर्वक !!
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares