Wednesday, April 24
Shadow

Tag: अध्यक्ष र उपाध्यक्षबीच विवाह

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह सम्पन्न

जिवनसैली, समाज
काठमाडौ, मंसिर २६ पार्टी एउटै तर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेम्जास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् । आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका थिए । विवाहपछि अध्यक्ष कर्णबहादुरले भने, ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’ २०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका उनीहरु दुवै पूर्व एमाल...