Thursday, April 18
Shadow

Tag: शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

शिक्षक हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै मोरङका सबै विद्यालय बन्द

मुख्य समाचार, समाज
काठमाडौ, मंसिर २५ मोरङका सबै विद्यालय आज बन्द गरिएका छन्। मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन्। नेपाल शिक्षक महासंघ मोरङको आह्वानमा विद्यालय बन्द गरिएको हो। महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए। उनले विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताए। यसैबीच नेपाल राहत शिक्षक समिति मोरङले पनि हत्याको विरोध गरेको छ। राहत शिक्षक समितिले दोषीलाई कडा कारवाहीको माग गरेको छ। प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द...