Thursday, April 25
Shadow

Tag: ४ सय ५० किलोमिटर हिँडे श्रीमान

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

इटालीमा श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाज
काठमाडौ, मंसिर २३ श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्।श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ। सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए। इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियोउनलाई कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका कर्फ्युको उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको हो। ४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ। प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइ...