Tuesday, April 23
Shadow

अनुहारको सुन्दरता बढाउने पुदीनाका अरु पनि छन यस्ता फाइदा


  • -इ
  • इ+

काठमाडौ,मंसिर २२
पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ ।

कपाल झर्न रोक्छ
पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख स्रोत हो । पुदीनाका पातले कपाल झर्न समेत रोक्छ । यसका लागि पुदीनाको पातहरुलाई पानीमा उमाल्ने र उक्त पानीलाई चिसो बनाउने र कपालको जरामा लगाउने र केही मिनेटपछि कपालको जरामा मसाज गर्ने त्यसपछि १० देखि १५ मिनेटमा पखाल्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ ।’

चाउरी कम गर्न
पुदीनाले अनुहारको चाउरी कम गर्छ । पानीमा पुदीनाको पात हालेर उमाल्ने र त्यसलाई छानेर स्प्रे बोतलमा राख्ने र अनुहारमा दिनमा २ वा ३ पटक चर्किने । जसले अनुहारको चाउरीपना हटाउँछ ।

पाचन प्रक्रिया बलियो बनाउन
यदि खुर्सानी, मसाला र धेरै खाना खाएपछि पुदीनाको पात खाने गर्नुस् जसले खाना सजिल्यै पचाउँछ । छात्ती पोल्ने वा पेटमा जलन हुने समस्याबाट छुटकारा पाउन पुदीनाको पात निकै फाइदाजनक छ ।

सुगन्ध बढाउन
पुदीनाले खानाको सुगन्ध बढाउँछ । यसका साथै, पाकेका खानाहरुलाई सजाउन पनि यसको प्रयोग गरिन्छ । यसले भोक पनि बढाउँछ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares