Friday, March 5
Shadow

मनोज गजुरेल दोस्रो विवाहको तयारीमा


  • -इ
  • इ+

काठमाडौ,मंसिर २२
वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् ।

गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।

उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् ।

‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले अनलाइनखबरसँग भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्