Monday, April 29
Shadow

Tag: विवाह

जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे……….

जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे……….

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पाकिस्तानी राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एक सांसदले १४ वर्षीया बालिकासँग विवाह गरेको खवर भिडियामा आएको छ । पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको समाचारमा जनाइएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो । उनले २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिकासँग विवाह गरेका हुन् । ५० वर्षीय मौलाना सलाहुद्दीन राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।...
जब १५ वर्षीया किशोरी र ४३ वर्षीय पुरुषबीच विवाह हुँदै गर्दा प्रहरी पुग्यो…..

जब १५ वर्षीया किशोरी र ४३ वर्षीय पुरुषबीच विवाह हुँदै गर्दा प्रहरी पुग्यो…..

अचम्मका कुरा, समाचार, समाज
सप्तरी, माघ ७ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हो । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका(३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो । स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए । बालिकाका बुवाले दोस्रो विवाह...
यी युवकले गरे दुवै प्रेमिकासँग एउटै मण्डपमा एकैपटक विवाह

यी युवकले गरे दुवै प्रेमिकासँग एउटै मण्डपमा एकैपटक विवाह

अचम्मका कुरा, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु मौर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गर्नुभएको छ । चारदिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो । मुरिया जनजातिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि दुवै प्रेमिका विवाहको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एकदमै खुसी छन् । सुन्दरी भन्नुहुन्छ, ‘म उहाँलाई मन पराउँथे र उहाँसँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन । पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’ ९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकिसानी गर्छन् । खेतीको अलावा उनी वनको काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् । ...
कोभिड केन्द्रमै पीपीई लगाइ विवाह

कोभिड केन्द्रमै पीपीई लगाइ विवाह

अचम्मका कुरा, अन्तरवार्ता, जिवनसैली, स्वास्थ्य
काठमाडौ,मंसिर २२ कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त छ । मानिसहरु आफ्नो घरमै बसीरहेका छन् । अतिआवश्यक काम भएकाहरु स्वास्थ्य मापदण्ड अपनाउँदै बाहिर निस्कने गरेका छन् ।भारतको राजस्थानमा यही कोरोना महामारीबीच एउटा रोचक घटना बाहिर आएको छ । राजस्थानको केलवाडा कोभिड केन्द्रमा एक कोरोना संक्रमित जोडीले विवाह गरेका छन् । उनीहरुले पीपीई लगाएर विवाह गरेका हुन् । बेहुलीको विवाहकै दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।...
मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

जिवनसैली, समाज
काठमाडौ,मंसिर २२ वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन । उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् । ‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले अनलाइनखबरसँग भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’ गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए । मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, ...