Friday, April 26
Shadow

Tag: prachanda

बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बाल दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गरी प्रधानमन्त्रीले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न–गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले तीनै तहका सरकारले बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। ‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्दछु’ उनको शुभकामना...
रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड

रुस-युक्रेन युद्धमा नेपालले पक्षधरता देखाउनु गलत भयो : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुस-युक्रेन युद्धका विषयमा नेपालले पक्षधरता देखाउनु गलत भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै बिहीबार दाहालले सरकारले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्नु गलत भएको बताएका हुन् । गठबन्धनमा पनि यस विषयमा गम्भीर रूपमा गल्ती भयो भन्ने धारणा बनेको पनि उनले बताए । छिमेकी मुलुकहरू चीन र भारतले समेत कुनै एउटा पक्ष नलिएको उल्लेख गर्दै दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा कायम अडिग रहनुपर्ने बताए । 'रुस-युक्रेन युद्धबारे नेपालले रुसविरुद्ध र युक्रेनको पक्षमा भोटिङ गर्‍यो । यो विषयमा गठबन्धनमा गम्भीर रूपमा गलत भयो भन्ने धारणा छ । चीन र भारतले समेत युक्रेन युद्धको बारेमा कुनै एउटा पक्ष लिएका छैनन् । भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम सहयोग गरेको अवस्थामा नेपालले युक्रेनको पक्षमा भोटिङ गर्नु हुन्...