Sunday, September 13
Shadow

Tag: हिमपात

हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
हुम्ला, फागुन २४ । हुम्लामा हिमपात हुँदा हवाई उडान अवरुद्ध भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै आज बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको स्थानीयवासीले बताएका छन् । जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए ।बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । खडेरी परेका बेला हिमपात भएपछि यहाँका किसा...
गोरखामा भारी हिमपात :  जनजीवन प्रभावित, कृषक भने उत्साहित

गोरखामा भारी हिमपात : जनजीवन प्रभावित, कृषक भने उत्साहित

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
गोरखा, माघ २४ । उत्तरी गोरखामा गए रातिदेखि वर्षातसँगै भारी हिमपात भएको छ ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ । सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँ लगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिए । उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उनले भने, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म ...
हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २३ । रुकुमपूर्वका तीनवटै गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । हिमपातको समय आएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले गाउँपालिकाका साथै मानवीय क्षेत्रमा कार्यरत गैरसरकारी क्षेत्रलाई निर्देशन दिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई हिमपातबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन गरेको हो । यतिमात्र नभई चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकको पहिचान गरी राहत सङ्कलन र वितरण गर्न निर्देशन गरेको प्रजिअ राईले बताइन् । यस्तै विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले विपन्न परिवारको पह...
पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

ब्यानर समाचार, मौसम
  काठमाडौँ, पुस २१ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन ।हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ । पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो । महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट आएको छैन ।मंगलबार बिहानको मापन अनुसार काठमाडौँ उपत्यकाको न...
हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर , किसान भने खुशी, हवाई सेवा बन्द

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , पुस २० । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ । यता वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् ।...