Saturday, April 20
Shadow

Tag: स्थानीय तहको निर्वाचन

निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई  जरिवाना

निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई जरिवाना

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । उहाँहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही रु पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्नुहुन्छ । त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चाय र उपप्र...