Friday, April 19
Shadow

Tag: सूर्य चिन्ह

सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह

सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ : प्रचण्ड-नेपाल समूह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन् । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन् । नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको बताइएको छ । यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई ग...