Friday, April 19
Shadow

Tag: सुनका गहना

बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

बालबालिकालाई सुनका गहना लगाउन नदिन रसुवा प्रहरीको आग्रह

अपराध, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २७ रसुवा जिल्लामा स्कुले बालिकालाई सुनका गहना नलगाउन आग्रह गरिएको छ । सुरक्षा जोखिम भएकाले यस्तो आग्रह गरिएको रसुवा प्रहरीले जनाएको छ । कानमा लगाएको गहनाकै कारण यसैसाता रसुवामा एक बालिकाको ज्यान गएको थियो। कालिका गाउँपालिका–१ राम्चे खार्साको फैक्रिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको कानमा लगाएको सुनको मुन्द्राकै कारण ज्यान गएको थियो। यही मंसिर २१ गते सुमिना विद्यालयबाट घरतर्फ फर्कने क्रममा उनले कानमा लगाएको करिब १० हजार जतिको सुनका मुन्द्रा लिनकै लागि अपहरण गरी उनको हत्या भएको थियो । यस्तै घटना नहोस् भनेर बालबालिकालाई सुनका कुनै पनि गहना नलगाउने भनिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । साथै बालबालिकालाई अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान समेत आग्रह गरिएको सुवेदीको भनाइ छ । साना ...