Friday, April 26
Shadow

Tag: सरकार र विप्लव

यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

ब्यानर समाचार, राजनिती
  काठमाडौं, फागुन २१ । सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका महासचिब नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिका बुँदा १ दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं। २ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ। ३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ। हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु पनि उपस...
सरकार र विप्लवबीच ३ बुँदे सहमति, भोलि प्रधानमन्त्रीको साथमा विप्लव सार्वजनिक हुने

सरकार र विप्लवबीच ३ बुँदे सहमति, भोलि प्रधानमन्त्रीको साथमा विप्लव सार्वजनिक हुने

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २० । सरकार र नेत्रविक्रम चन्द विप्लव नेकपाबीच ३ बुँदे सहमति भएको छ । हिजो भएको वार्तापछि सरकार र विद्रोही नेकपा सहमतिमा पुगेका हुन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले दुई पक्षबीच सहमति भएको खुलासा गरेका हुन् । सहमतिको पूर्व विवरण भोलि सार्वजनिक गरिनेछ । भोलि दिउँसो २ बजे सहमतिका विषयहरु सार्वजनिक गर्नको लागि एक समारोह आयोजना गरिनेछ । भोलि यो समारोहमा प्रधानमन्त्रीको साथमा नेत्रविक्रम चन्द विप्लव स्वयं सार्वजनिक हुनेछन् । समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।...
सरकार र विप्लव समूहबीच बुधबार एकै दिन दुई चरणमा वार्ता : छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा

सरकार र विप्लव समूहबीच बुधबार एकै दिन दुई चरणमा वार्ता : छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १९ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार एकै दिन दुई चरणमा वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको जनाएका छन् ।डा। भट्टराईले वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको बताउदै छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरेका छन् । भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’ वार्ताको स्थल सार्बजनिक नगरिएपनि स्रोतले वार्ता प्रधानमन्त्री निवास बालुवाटारमै भएको बताएको छ । ...