काठमाडौं, फागुन २० । सरकार र नेत्रविक्रम चन्द विप्लव नेकपाबीच ३ बुँदे सहमति भएको छ । हिजो भएको वार्तापछि सरकार र विद्रोही नेकपा सहमतिमा पुगेका हुन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा वार्ता टोलीका सदस्य राजन भट्टराईले दुई पक्षबीच सहमति भएको खुलासा गरेका हुन् ।
सहमतिको पूर्व विवरण भोलि सार्वजनिक गरिनेछ । भोलि दिउँसो २ बजे सहमतिका विषयहरु सार्वजनिक गर्नको लागि एक समारोह आयोजना गरिनेछ ।
भोलि यो समारोहमा प्रधानमन्त्रीको साथमा नेत्रविक्रम चन्द विप्लव स्वयं सार्वजनिक हुनेछन् । समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।