Wednesday, May 8
Shadow

Tag: सभामुख

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १६ प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन । बिहीवार चारवटा राजनीतिक दल आबद्ध महिला संगठन र सांसदहरुले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझ्दै सो कुरा बताएका हुन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी गराए । उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफू सधैँ समर्पित रहने प्रतिवद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । उनले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिदै परामर्श गरिरहेको जानकारी गराए । ...
चिनियाँ  टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?

चिनियाँ टोलीकाे सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता, के भयाे छलफल?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १४ नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता गरेका छन। केहि समय अगाडि  शेरबहादुर देउवासँग भेटेका चिनियाँ टोलीले भर्खरै सभामुख सापकोटा सँग भेटेका हुन। भेटमा  विघटन भइसकेको संसद् चलाउने सम्भावना रहने–नरहनेलगायतको विषयमा छलफल भएको  छ। राजनीतिक विकासक्रमबारे चासो व्यक्त गरेका चिनियाँ टोलीले सभामुखसँग सोहि बिषयमा छलफल गरेका थिए। टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग  भेट गरिसकेको छ।...