Thursday, April 25
Shadow

Tag: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीको अग्रता कायमै

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय २८ मतको अग्रता कायम राख्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गर्नुभएको छ । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो । ...
सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ-:सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गर्नुभयो । मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताउनुभयो । “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उहा...
विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका हुन् । सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराए । “विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न”, मन्त्री गुरुङले भने, “त्यसैले विज्ञसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ ।” मन्त्री गुरुङले पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन आग्रह गरे । बोर्ड बैठकले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ...