Friday, March 29
Shadow

Tag: शैक्षिक सत्र

शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त

शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, माघ १७ । एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिना मात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहेको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषदमा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चिन्ता र चासो जोडिएको यो विषयमा मन्त्रीले न निर्णय लिन सकेका छन्, न कुनै सकारात्मक पहल गरेका छन् । लकडाउनले क्षति पुगेको शैक्षिक कार्यक्रमहरुलाई कसरी जोगाउने र टुंगोमा पुर्याउने भन्नेमा मन्त्रीले अहिलेसम्म कुनै योजना अघि सारेका छैनन् । एसईई संघ, प्रदेश, स्थानीय तह वा विद्यालय कसले सञ्चालन गर्ने विषय पनि टुंगो नलाग्दा आमविद्यार्थी र अभिभावक अनिश्चयमा छन् । मन्त्री क्षेष्ठले महत...