Thursday, March 28
Shadow

Tag: विद्यालय

विद्यालयका भवन जीर्ण

ब्यानर समाचार 2, समाचार
विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् । विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । “भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भन्नुभयो, “यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।” पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उहाँले गुनासो गर्नुभयो । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो । उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्...
विद्यार्थीमा भाइरल ज्वरो :  तीन विद्यालय बन्द

विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द

मुख्य समाचार, शिक्षा, समाचार, समाज
डोटी, चैत ४ । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि त्यसको रोकथामका लागि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए । विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको जनाइएको छ । विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्य...
माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

मुख्य समाचार, शिक्षा, समाचार, समाज
. काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताए । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उनले जानकारी दिए ।...
काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने

काठमाडौँ महानगरका विद्यालय माघ १ देखि खुला हुने

शिक्षा, समाचार, समाज
  काठमाडौँ, पुस २४ । कोरोना भाइरसको महामारीपछि सरकारले लगाएका सबै प्रतिबन्ध फुकुवा गरिसके पनि काठमाडौँ महानगर क्षेत्रका सबै विद्यालय अझै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आकलन विश्लेषणका लागि भन्दै महानगरले माघ १ देखि मात्रै विद्यालय सञ्चालनको अनुमति दिएको छ । महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ ।चालु शैक्षिक सत्रको तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो । कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए । सरकारको निर्देशनअनुसार महानगरका विद्यालयहरुले गत असारबाट अनलाइन कक्षा भने चलाइरहेका थिए । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए ...