Friday, April 26
Shadow

Tag: विजयमणि पौडेल

विजयमणि पौडेल :म त केही पनि बन्न सक्दिनँ होला!

विजयमणि पौडेल :म त केही पनि बन्न सक्दिनँ होला!

ब्यानर समाचार 2, विचार, साहित्य/कला
आफ्नो परिवार, विद्यालय र समाजमा बालबालिकाहरूको भोगाइ देखेपछि छटपटी र उकुसमुकुस हुन्छ। बालबालिकाहरूलाई भविष्यका कर्णधार भनिन्छ। तर अधिकांश बालबालिकाहरूको भोगाइ देख्दा यस्तो लाग्छ, हामीले उनीहरूलाई सकारात्मक अनुभव दिन सकेका छैनौं। तिनै बालबालिकाहरूलाई गहिरिएर उनीहरूको अनुभव अवलोकन गर्ने र सोध्ने हो भने के भन्छन् होला? प्रस्तुत छ एक बालकको मनोभाव। 'म एउटा बालक। सबैले सोध्छन्, भविष्यमा के बन्ने? मलाई के थाहा! दुनियाँ देखेको छैन। भविष्यको गोरेटो मलाई थाहा छैन। आफ्नो टोलबाहिर पाइला राखेको छैन। किताबमा अलिअलि पढेको छु- लेखक र वैज्ञानिकबारे, खेलाडी र कलाकारबारे, नेता र सन्तबारे, गिनिज बुकमा नाम भएका केही मान्छेबारे। गाउँमा अलिअलि देखेको छु- पुल बनाउन आएको इञ्जिनियर, अस्पतालका डाक्टर र नर्स, विदेश गएका आफ्नै दाइ र दिदी, आफ्नै स्कुलको शिक्षक, खेतमा काम गरेर जसोतसो दुई छाकको जोहो गर्ने मे...