Tuesday, April 16
Shadow

Tag: वर्षा

निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

निरन्तर वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

ब्यानर समाचार 2, समाचार
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ । ...
पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना, अन्य ठाउँमा कस्तो ?

पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना, अन्य ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ, चैत ६ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।...
पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागनु २२ । मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।...
प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा

प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन २१ । प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकालगायत देशका पहाडी भू–भागमा सामान्य वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले पोखराको आकाशमा उत्पन्न भएको न्यून चापिय प्रणालीका कारण वर्षा भएको हो । मार्च महिनादेखि नेपालमा प्रि–मनसुन सुरू भएकाले शुक्रबार साँझ भएको वर्षा त्यसैको प्रभाव रहेको मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन् । आज राती देशको पहाडी तथा हिमाली भू(भागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी तथा हिमाली भू(भागहरुको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।...