Thursday, April 25
Shadow

Tag: रासायनिक मल

सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो: बर्षेनी मल अभावका ब्यथा

सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो: बर्षेनी मल अभावका ब्यथा

कृर्षि, ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु–मागभन्दा ढिलो वितरण भइरहेको रासायनिक मल पनि अपुग भएपछि किसान चिन्तित बनेका छन् । पर्याप्त मल नपाउँदा पाएको परिणाम पनि ‘निल्नु न ओकल्नु’ जस्तो भएको किसानको गुनासो छ ।‘पहिला निकै भनसुन गरें,’ कपिलवस्तु–६ बर्मेलीका रामगोविन्द चौधरीले भने, ‘बल्लबल्ल दुई बोरा युरिया र एक बोरा डीएपी पाएँ ।’ उनलाई १० बोरा युरिया र चार बोरा डीएपी चाहिन्थ्यो । ‘सरकारले छर्न नभई हेर्नलाई मात्रै मल बाँडेजस्तो लाग्यो,’ उनले दुखेसो पोखे । ‘जोखना हेर्ने गरी मल वितरण गरियो,’ उनले भने, ‘त्यो निल्नु न ओकल्नु भएको छ ।’  ढिलो रोपाइँ गरेका किसान मल अभावले समस्या र चिन्तामा छन् । जिल्लालाई धान खेतीका लागि १५ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी आवश्यक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष भदौमा ७ सय ९२ मेट्रिक टन युरिया र ६३ मेट्रिक टन डीएपी मात्र वितरण गरिएको छ । जिल्लालाई अहिले आएको ७ सय...
पहिलो पटक तातोपानी नाकाबाट भित्रियो रासायनिक मल

पहिलो पटक तातोपानी नाकाबाट भित्रियो रासायनिक मल

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन २९ । उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताउनुभयो । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए । उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकह...
मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १२। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतितपत्र० खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल ...