Friday, April 26
Shadow

Tag: राष्ट्रपति विद्यादेवी भण्डारी

आज राष्ट्रपति भण्डारी सुर्खेत आउँदै

आज राष्ट्रपति भण्डारी सुर्खेत आउँदै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउन लागेकी छन् ।  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे भण्डारी सुर्खेत आउन लागेकी हुन्। महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९:३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै राष्ट्रपति  भण्डारीले दिउसो १२ः३८ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...
शुक्रबार राष्ट्रपति भण्डारी मुस्ताङ जाने

शुक्रबार राष्ट्रपति भण्डारी मुस्ताङ जाने

ब्यानर समाचार 2, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।” राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताउनुभयो । ...
किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

किन राष्ट्रपतिले भाइटीका लगाइदिनु भएन ?

ब्यानर समाचार 2
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।  अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्...
कुरीति हटाउने अभियान शुरु गर्न राष्ट्रपतिको आह्वान

कुरीति हटाउने अभियान शुरु गर्न राष्ट्रपतिको आह्वान

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताएकी छिन् । महिला हिंसा न्यूनीकरणका लागि आज राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिलालाई सम्मान दिने असल सामाजिक परम्पराको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरु गर्न सम्बद्ध सबैलाई आह्वान गरिन् । महिला विरुद्ध हुने हिंसा विगतका तुलनामा चमत्कारिक परिवर्तन भई केही कम देखिए पनि पछिल्लो समयमा डरलाग्दो गरी हिंसाका घटना हुनु दुःखद् रहेको जनाउँदै राष्ट्रपतिले संरचना र कानून निर्माणमा परिवर्तन भए पनि आपराधिक मानसिकता उस्तै रहेकाले दुःखद् घटनाको सामना गर्नुपरेको बताइन् । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ...
सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १२ बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् । उनले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् । उनले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गरेकी हुन् । रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सो सूचीमा राखेको हो ।उनको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् । राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरेको बताइन् । महिल...