Friday, April 26
Shadow

Tag: राष्ट्रपति र प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागनु १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् । स्रोतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्‍त्‍यतिर बैठक बोलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर...
जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । यसैबीच राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । बधाई सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि राष्ट्रपतिले गरेकी छन्...