Friday, April 26
Shadow

Tag: राजदूत खतिवडा

नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु:  राजदूत खतिवडा

नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु: राजदूत खतिवडा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताएका हुन् । नेपालको कुनैपनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे । आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिबद्ध रहेको पनि बताए । तर कुनैपनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट...