Friday, April 26
Shadow

Tag: यसवर्षको पितृपक्ष (सोह्रश्राद्ध) आज सकिँदै

यसवर्षको पितृपक्ष  (सोह्रश्राद्ध) आज सकिँदै

यसवर्षको पितृपक्ष (सोह्रश्राद्ध) आज सकिँदै

ब्यानर समाचार 2, समाज
 असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् । मिथिलामा पितृ विसर्जन गर्ने परम्पराअनुसार आज जिल्लाका जलेश्वरस्थित जलेश्वरनाथ माहादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायणस्थान, जलेश्वरकै पुरन्दर, वरुण र भार्गव सर (तलाउ), बलवा नगरपालिकाको ध्रुवकुण्ड र भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थानमा तर्पण र पिण्ड दिँदै श्राद्ध गर्नेहरूको सघन जमघटले यी तीर्थस्थल एक...