Saturday, April 27
Shadow

Tag: म्यानमार

सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको  थियो । गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ । टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो। दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्याएर गाडेको बताइएको छ । सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाच...
म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २० । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ । साथै एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएका छन्। यसपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ । संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला ...
म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

म्यानमारको सेनाविरूद्ध उचित कदम चाल्ने बाइडनको चेतावनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ , माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै बाइडनले सेनाविरुद्ध कदम चालिने धम्की दिएका हुन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने बताएका छन् । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।...
म्यानमारमा सैनिक ‘कु’ , एक वर्षको लागि सङ्कटकाल घोषणा

म्यानमारमा सैनिक ‘कु’ , एक वर्षको लागि सङ्कटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं, माघ १९ । सत्तारुढ दलका नेताहरुको गिरफ्तारीपश्चात म्यानमारको सेनाले सत्ता हत्याउँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । यसअघि सेनाले आज बिहानै सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ एवम् स्टेट काउन्सिलर आन साङ सुकी, राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई गिरफ्तार गरेको थियो । अहिले राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको छ । सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो । गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त सिट जिते पछि सेनाले निर्वाचनमा धाँधली भएको दाबी गर्दै...