Tuesday, May 21
Shadow

Tag: म्याग्दी

प्रतिनिधिसभा उम्मेदवार सिफारिस: म्याग्दी

प्रतिनिधिसभा उम्मेदवार सिफारिस: म्याग्दी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौँ-  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । उहाँ एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य समेत हुनुहुन्छ । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदार प्रसाद) अधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिनुभयो । प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस गरिएको जनाइएको छ । प्रदेश...