Friday, April 26
Shadow

Tag: मुख्यमन्त्री शेरधन राई

माघ ११ मा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई, को हुन् हुनेवाली दुलही ?

माघ ११ मा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई, को हुन् हुनेवाली दुलही ?

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह हुने तय भएको हो। राई र शेर्पाबीच माघ ११ गते विवाह हुने भएको हो। संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए। २०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।...
प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।...