Friday, March 29
Shadow

Tag: माधव नेपाल

माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण

माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ९ । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए । यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उनले बताए ।  ...
प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

प्रचण्डबाट अलग भएर ओली नेतृत्वको एमालेतिर लाग्यो माधव नेपाल समूह

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदासम्म घनिष्ट रहेको माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहबाट अलग भएको छ । सोमवार संयुक्त स्थायी कमिटी बैठकपछि सर्वोच्च अदालतको फैसला अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जाने निष्कर्षसहित नेपाल समूह बाहिरिएको छ । अब प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने नेपाल समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । अदालतको फैसला अनुसार नै नेपाल समूह एमालेमै जानुपर्ने भएको र अनौपचारिक स्थायी कमिटी बैठकमा यस्तै निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।...
प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनु पर्नै बताएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्दै पार्टीका अधिकारिकताका विषयमा समस्या नहुने विचार व्यक्त गरे ।...
नेकपाबाट ओली बर्खास्त : माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

नेकपाबाट ओली बर्खास्त : माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ७ अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।...