Wednesday, April 24
Shadow

Tag: माओवादी केन्द्र

हामी तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

हामी तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

ब्यानर समाचार 2, राजनिती
नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिनुभयो । नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताउनुभयो । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । उहाँले भन्नुभयो, “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्न्पर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश ग...
निर्वाचनको परिणामले माओवादीलाई चुनौती दियो – पोलिटब्युरो सदस्य दाहाल

निर्वाचनको परिणामले माओवादीलाई चुनौती दियो – पोलिटब्युरो सदस्य दाहाल

ब्यानर समाचार 2, राजनिती, विचार
लेखक -  महेश्वर दाहाल    केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी हुन्छ भन्ने प्रारम्भिक अनुमान सरकार गठबन्धनभित्र थियो । अहिले ल्याएको सिटभन्दा एमालेको कम हुन्छ भन्ने थियो । रवि लामिछानेले नेतृत्व गरेको पार्टीले यति ठूलो संख्यामा जित्दैन भन्ने नै थियो । मुलतः यो निर्वाचनमा दुइटा गठबन्धन लडेका थिए । नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनले संविधानको रक्षाको कुरा गरेका थिए, लोकतन्त्र रक्षाको कुरा गरेका थिए भने एमाले–राप्रपासहितको गठबन्धनले राष्ट्रवादलाई जोड दिएका थिए । तर, दुवै गठबन्धनले अपेक्षाकृत जीत हासिल गर्न सकेनन् । नागरिकको चाहना भने यथास्थितिको विपक्षमा स्पष्ट देखियो । रवि लामिछानेको राष्ट्रिय स्वत...
ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ऐतिहासिक नाम विसर्जन गर्दै नेकपा (माओवादी केन्द्र)

ब्यानर समाचार, राजनिती
काठमाडौं- विभिन्न परिस्थिति र राजनैतिक मोडहरू पार गर्दै आएको नेकपा माओवादी केन्द्रले आफ्नो हालको नाम परिवर्तन गर्ने सोचमा छ। हुन त यो पार्टीको यसभन्दा अगाडीका कार्यनीति र रणनीति अनुसार आफ्नो अभिष्ट पुरा गर्न नाम र दस्तावेजहरू छिटो-छिटो परिवर्तन गर्ने गरेको छ। किन यो पार्टी पटक-पटक आफ्नो नाम परिवर्तन गरिरहन्छ ?  के उसको रणनीति,कार्यनीति र सिद्धान्त अनुरूप अव नेपालमा यो नामको अस्तित्व समाप्त भएकै हो त ? कि संसदीय व्यवस्थामा आएपछि यो नामबाट जनता आकर्षित नभएकाले नाम परिवर्तन गर्न खोजिएको हो ? यही नाम फेरेर मात्र जनताको मत आउने भए , नेपाली इतिहास बाट उसले आफ्नो जनयुद्धको इतिहास कसरी मेटाउछ ? कि केही नेताहरूलाई यो नामबाट आपत्ति भएर अर्थात कम्युनिष्ट नेताहरूको आदर्श नेपाली समाजमा बिक्न छोडेर नाम फेर्न खोजिदैछ ! वा विदेशीहरूको अभिष्ट पुरा भैसकेपछि उनीहरूलाई खुसी पार्न नाम फेर्न खोजिदैछ ? ...