Wednesday, May 1
Shadow

Tag: मधेशले यसको प्रतिकार गर्नेछ

 मधेशले यसको प्रतिकार गर्नेछ ,मधेसी र थारुलाई पाखा लगाइयो : सिके राउत

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपा , लोसपा , जनमत र नाउपा सबैलाई पाखा लगाउँदै ३शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ । सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । 'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटरमा  उल्लेख  छ । सुरुदेखि सरकार गठनमा ...