Tuesday, March 19
Shadow

Tag: मतदाता

अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने

अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो । सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो । अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले सङ्कलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ । हालसम्म एक लाख एक सय ५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन् । ...
दैलेखमा मतदाता एक लाख ५८ हजार

दैलेखमा मतदाता एक लाख ५८ हजार

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् । यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प...
निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन क्षेत्रअनुसार कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल तय गरेको छ । साथै आयोगले सबै ७७ वटै जिल्ला अन्तरगत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थल छुट्याएर विवरण सार्वजनिक गरेको हो । यस्तै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले ​ मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।  आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । यस्तै...