Thursday, April 25
Shadow

Tag: बुलन्द आवाजको अभियानमा बनेको स्वास्थ चौकिले सहयोगीहरुलाई सम्मान गर्दै मनायो वार्षिकी ।

बुलन्द आवाजको अभियानमा बनेको स्वास्थ चौकिले सहयोगीहरुलाई  सम्मान गर्दै मनायो वार्षिकी ।

बुलन्द आवाजको अभियानमा बनेको स्वास्थ चौकिले सहयोगीहरुलाई सम्मान गर्दै मनायो वार्षिकी ।

ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौ- २०७९ मंसिर १९ गते तरकेश्वर नगरपालिका - १ मा अबस्थित कुन्चिप्वाकल स्वास्थ चौकीले स्थापनाकालमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो पहिलो वार्षिकोत्सब मनायो। जनस्वास्थ्य निरीक्षक सीता कोइरालाले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिदुर साप्कोटाले गर्नु भएको थियो । प्रमुख अतिथिमा नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथी नगर उपप्रमुख सृजना बुर्लाकोटी , कुन्चिप्वाकल मा.वि. का प्रअ राजु नेपाल, आरएन बुलन्द आवाजका संचालक एवं कुन्चिप्वाकल स्वास्थ चौकी निर्माणका अभियन्ता राजन नेपाल र अतिथिका रुपमा स्थानीय राजनैतिक दलका प्रमुखहरु समाजसेवी हरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो भने सहभागी हरु बाट नगर प्रमुख लाई आफ्नो वडाको बिकास र स्वास्थ सम्बन्धि सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए भने नगर प्रमुख ले वडा को स्वास्थ , शिक्...