Tuesday, April 23
Shadow

बुलन्द आवाजको अभियानमा बनेको स्वास्थ चौकिले सहयोगीहरुलाई सम्मान गर्दै मनायो वार्षिकी ।


  • -इ
  • इ+

काठमाडौ- २०७९ मंसिर १९ गते तरकेश्वर नगरपालिका – १ मा अबस्थित कुन्चिप्वाकल स्वास्थ चौकीले स्थापनाकालमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो पहिलो वार्षिकोत्सब मनायो।

जनस्वास्थ्य निरीक्षक सीता कोइरालाले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बिदुर साप्कोटाले गर्नु भएको थियो । प्रमुख अतिथिमा नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथी नगर उपप्रमुख सृजना बुर्लाकोटी , कुन्चिप्वाकल मा.वि. का प्रअ राजु नेपाल, आरएन बुलन्द आवाजका संचालक एवं कुन्चिप्वाकल स्वास्थ चौकी निर्माणका अभियन्ता राजन नेपाल र अतिथिका रुपमा स्थानीय राजनैतिक दलका प्रमुखहरु समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

No description available.

उक्त कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो भने सहभागी हरु बाट नगर प्रमुख लाई आफ्नो वडाको बिकास र स्वास्थ सम्बन्धि सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए भने नगर प्रमुख ले वडा को स्वास्थ , शिक्षा र पुर्वाधार लगाएत बिकासमा ध्यानपुर्वक काम गर्ने प्रतिबद्धता गर्नुका साथै स्वास्थ चौकी बनाउदा सहयोग गर्नुहुने सबैलाई शुभकामना र धन्यवाद दिनुभयो । उप प्रमुखले आफू जनता बाट मत लिदा गरेको बाचामा निरन्तर लाग्ने प्रतिबद्धता गर्नु का साथै स्वास्थ चौकी बनाउदा सहयोग गर्नुहुने सबैलाई शुभकामना र धन्यवाद दिनुभयो ।

 

उक्त स्वास्थ चौकी निर्माणका सहयोग संकलन अभियन्ता राजन नेपालले आफुलाइ आफ्नो अभियानमा सहयोग गर्नुहुने सबै सहयोगी जनसमुदायहरुलाइ आभार व्यक्त गर्दै जनताको सेवामा आफू लाई निरन्तर लाने प्रण गर्नु भयो ।

आफुले जनस्तर बाट रु. २६०६४१७/- सरकारी र गैरसरकारी संस्थाबाट रु. ३३०१७५२/- संस्था र ब्याक्ती बाट निर्माण सामाग्री रु. ९६१२८१/- बराबरको निर्माण सामाग्री उपलब्ध गराइ यो भवन बनाएर नगरपालिका लाई हस्तान्तरण गरेको पनि स्मरण गराउनु भयो ।

कार्यक्रमको अन्तयमा वडा अध्यक्षले जनताको गुनासोमा सधैं सहयोग गर्न आफू तत्पर रहेकोे र वडावासीको हितमा आफुले काम गर्न नगरपालिका संग निरन्तर लाग्ने वचन दिदै कार्यक्रम समापन गर्नुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares