Tuesday, September 22
Shadow

Tag: बागलुङ

कार्यालय रित्तै,सेवाग्राहीलाई समस्या

कार्यालय रित्तै,सेवाग्राहीलाई समस्या

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउनुहुन्छ । “कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ”, उहाँले भन्नुभयो । साविक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो । श्रेष्ठ भन्नुहुन्छ, “सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुपर्यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।” मालपोतमा १२ दरबन्दी, चारजना म...

बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा बस्ती नै बग्ने गरी पहिरो

ब्यानर समाचार 2, समाचार
कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छ...