Thursday, April 25
Shadow

Tag: बर्डफ्लू

काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पुष्टि भएपछि त्यहाँ बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिए । ‘अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’ यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । केहि साताअघि मात्रै सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।...
भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ । नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत...