Friday, March 29
Shadow

Tag: प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न दोस्रोपटक बैतडी आउनुहँदै

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न  दोस्रोपटक बैतडी आउनुहँदै

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न दोस्रोपटक बैतडी आउनुहँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार–प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । सो सभालाई उहाँसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गर्नुभएको थियो । बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।...