Thursday, April 25
Shadow

Tag: प्रधानन्यायाधीश राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद

प्रधानन्यायाधीश  राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद

प्रधानन्यायाधीश राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद

ब्यानर समाचार 2, राजनिती
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको सिफारिसबारे सत्तारूढ गठबन्धन र प्रतिपक्षीदल बीच मतभेद भएको छ। महाअभियोग सिफारिस समितिले अहिले महाअभियोगको प्रतिवेदनमा छलफल गरिरहेको छ। गठबन्धनका सासंदहरूले महाअभियोग लगाउने आधारहरू रहेको भन्दै प्रतिवेदन दिन प्रस्‍ताव गरेको छ भने एमालेले भने चोलेन्द्र शम्सेरमाथि छानविन गर्न बाँकी नै रहेको समय अभाव भएको भनिरहेको छ। चोलेन्द्रशमशेरबारे एउटै प्रतिवेदन बनाउन सत्ता गठबन्धनले एमालेका सांसदहरूलाई प्रस्ताव गरेको नेपाली कांग्रेसका सासंद मीनबहादुर विश्वकर्माले जानकारी दिए। ‘हामीले एउटै प्रतिवेदन दिऊ भन्यौं तर उहाँहरूले भने अझै छानबिन गर्न बाँकी छ। समय अभाव भयो भनिरहनु भएको छ,’ उनले भने। समितिमा सत्ता गठबन्धनका सांसदकै बहुमत छ। त्यसैले उनीहरूकै प्रतिवेदन पास हुने भयो भने एमालेले नोटअफ डिसेन्ट लेख्ने एमालेकै एक सांसदले बताए। ...