Thursday, April 25
Shadow

Tag: पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

पुस २५ गते संसदको अधिवेशन बाेलाउने सरकारको निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको बताएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।...