Friday, April 26
Shadow

Tag: पाटेबाघ

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बर्दिया, चैत ६ । बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको हो । मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामुदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन् । यसअघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो । एक साताअघि मधुवन नगरपालिका–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठ वटा क्यामेरा जडान गरेको थियो । बिहीबार नियन्...
मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी  समातियो

मान्छे खान पल्किएको पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा, यसरी समातियो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ४ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा पाँचजना मान्छे मारेको नरभक्षी बाघ समातिएको छ। बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले वयष्क भाले बाघलाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा। नरेश सुवेदीका अनुसार दिउँसो बर्दियाको गेरुवा गाउपालिका वडा नम्बर ४ स्थित राजिपुर क्षेत्रबाट बाघलाई समातिएको हो। उक्त बाघले तीन महिनादेखि उक्त क्षेत्रमा आतंक मच्चाउँदै आएको थियो। नौ महिनाको अवधिमा त्यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ। सुवेदीका अनुसार समातिएको बाघले मात्रै पाँचजनाको ज्यान लिएको छ। संयुक्त टोलीले मान्छे मार्ने अर्को बाघ नियन्त्रणमा लिनका लागि पनि टोली परिचालन गरिसकेको छ।...