Friday, March 29
Shadow

Tag: पाकिस्तान

पाकिस्तानमा खाद्य अभावको चिन्ता लिनु नपर्ने दावी

पाकिस्तानमा खाद्य अभावको चिन्ता लिनु नपर्ने दावी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दावी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रुपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला अधिकारीक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन् । अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने बेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १३ हजार घाइते भएका छन् । गत मध्य जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको बर्षा...

पाकिस्तान:चौबिस घण्टामा छत्तिसको मृत्यु्

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् । यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ ।...