Friday, April 19
Shadow

Tag: पशुपति

महाशिवरात्रिमा कोरोना प्रभाव :  घट्यो साधुसन्तको सङ्ख्या

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २६ । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको ...
पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, मास्क अनिवार्य, १० हजार सुरक्षाकर्मी परिचालन गरिने

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, मास्क अनिवार्य, १० हजार सुरक्षाकर्मी परिचालन गरिने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागनु २५ । पशुपति क्षेत्र विकास कोषले यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषले फागुन २७ गते शिवरात्रि पर्वमा स्वास्थ्यको मापदण्डलाई पालना गर्दै सकेसम्म भौतिक दुरी कायम गरी दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने तयारी पूरा गरेको हो। दर्शनार्थीहरुलाई स्वास्थ्यको मापदण्डलाई पालना गर्दै स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले विभिन्न ११ ओटा उपसमितिहरुको गठन गरी कार्य विभाजनगरेको छ। जस अन्र्तगत सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन ९नेपाल स्काउट समेतका गरी करिब चार हजारको०,स्वास्थ्यसेवा शिविर, वातावरण तथा सरसफाई, जुत्ताचप्पल, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम र सजावट उपसमितिहरु रहेका छन्। क...
पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेकी हुन् । नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।...