Wednesday, April 24
Shadow

Tag: पदमुक्त

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, वैशाख ५ गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयाे । उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएकाे थियाे । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले राेज्नुभएकाे थियाे । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रति...