Friday, March 29
Shadow

Tag: नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, साहित्य/कला
काठमाडौं, पुस ११ गते । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ । यसैगरी, वि.सं.२०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १११ रुपियाँ रहेको छ । साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेलले ले आफ्नो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छुक, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यसमिति सदस्य माधव बिडारीले दिनुभयो ।...